काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताउनुभएको छ ।गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताउनुभयो । नीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको बताउनुभयो ।
सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले सबै घटनाक्रम गम्भीर रहेको बताउनुभयो ।





