काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राख्नुभएका जिज्ञासको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताउनुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उहाँकाे भनाइ छ।
मन्त्री खरेलले वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गर्नुभयो ।
मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गर्नुभयो ।





