जेन-जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायो : पर्यटन बोर्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

जेन-जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायो : पर्यटन बोर्ड

काठमाडाैं । नेपाल पर्यटन बोर्डले जेन—जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको जानकारी दिएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले  आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गर्नुभयो ।

उहाँले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गर्नुभयो । तर अब थप अरु दुर्घटना नभएको त्यसमा सुधार आउने पर्यटन बोर्डको आँकलन छ ।
पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रुपमा नेपाल भित्र्याउने कामलाई सघन ढंगले अघि बढाइएको बताउनुभयो । त्यसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रुपमा पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

 

Leave a Reply