काठमाडौ ।
भक्तपुरको गुन्डुस्थित निवासमा नेता(कार्यकर्तासहित नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक भएका छन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली १० दिनपछि बाहिरिए। सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् ।
जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।




