सपथ कार्यक्रममा गफिए ओली, प्रचण्ड र खनाल, देउवा हेरेको हेर्‍यै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सपथ कार्यक्रममा गफिए ओली, प्रचण्ड र खनाल, देउवा हेरेको हेर्‍यै

काठमाडौं । डेढ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो ।

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो । उनीहरुबीच कुराकानी भइरहँदा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नजर उनीहरु तिर रहेको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);