काठमाडाैं । जेनजी प्रदर्शनकारीहरुले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाई अभियानमा सहकारी पीडितहरु समेत सहभागी भएका छन् । काठमाडौंको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरु सफाई अभियानमा जुटेका हुन्।
मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरु पनि सफाई अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिनुभयो ।
सहकारी वचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा सहकारी पीडितहरु सफाई अभियानमा जुटेका हुन् । सरकारले आग्रह गरेपछि आफूहरु आफ्नो माग सम्बोधन हुने विश्वासका साथ सरकारलाई सहयोग पुग्नेगरी स्वयंसेवी काममा सहभागी भएको सहकारी पीडितहरुको भनाइ छ ।
सहकारी पीडितहरुले आफूहरुको वचत रकम फिर्ता दिन दबाबवस्वरुप आन्दोलन गर्दै आएका छन् ।





