काठमाडाैं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो ।
विश्लेषक आचार्यले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको जिकिर गर्नुभयो । काँग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो ।
उहाँले आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शिर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताउनुभयो । जेन जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताउनुभयो । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसक्नुभएको बताउनुभयो ।
उहाँले कार्यकर्ताहरुले सचेततापूर्वक शीर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताउनुभयो ।





