शोक दिवस मनाउन आज देशभर सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

शोक दिवस मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडाैं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा मृत्यु भएका ७३ जनाको सम्मानमा आज देशभर
राष्ट्रिय शोक मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको हो ।

सरकारको निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कतिपय युवाहरुको शव गृह जिल्लामा पुर्याइएको छ । सरकारले आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।

Leave a Reply