बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँः अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँः अर्थमन्त्री पौडेल

काठमाडौँ,

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बन्दीपुरलाई अरु कसैले नबनाइदिने बताउनुभएको हो । राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन उहाँले बन्दीपुरवासीलाई आग्रह गर्नुभयो । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले हाल बन्दीपुर पुनःजीवित भएको बताउनु भयो । फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको उहाँको भनाई थियो । बन्दीपुरले पर्यटन र संस्कृतिको क्षेत्रबाट पर्वतीय पर्यटनमा ठूलो योगदान दिएको उहाँले बताउनु भयो । उहाँले बन्दीपुरसँग भएको क्षमता, सम्भावनाको भने भरपुर उपयोग हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले बन्दीपुरले मानिसलाई तानेर, बाँधेर राख्ने क्षमता राख्ने बताउनु भयो । बन्दीपुरको सामथ्र्यलाई अत्याधिक रुपमा उद्घाटित गर्न उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply