काठमाडौँ,
नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरु सक्षम रहेको बताउनुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दावी गर्नुभएको हो । स्थानीय तहका जनप्रतिनिधिहरुको मूल्यांकन गर्ने परिपाटी अझै बन्न नसकेपनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरुले देखाएको आँट, हिम्मत र सोच प्रशंशायोग्य रहेको उपाध्यक्ष शाक्यको निष्कर्ष थियो ।
उहाँले मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरुको नेतृत्व स्थापित गराउनु जरुरी रहेको पनि बताउनु भयो । सञ्चार माध्यमहरुले पनि महिलाहरुलाई अघि बढाउने काममा सहयोग गर्न पनि उपाध्यक्ष शाक्यले आग्रह गर्नुभयो । उहाँले आफू विस्तारै राजनीतिबाट रिटायर हुने अवस्थामा पुगेपनि महिलाहरु त्यस क्षेत्रमा अघि बढ्न सक्षम भएको आफूले पाएको पनि बताउनु भयो ।पाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन पनि महिलाहरुको नेतृत्व आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।




