मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ।
मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती छन् ।

मानव बेचबिखन ब्यूरोकाले उनीहरूलाई महेन्द्रनगर र पर्साबाट पक्राउ गरिएको बताए ।उनीहरू लामो समयदेखि भारतमा बसेर नेपालका युवती युवतीको मिर्गौला तस्करीमा संलग्न थिए । पङ्गेनीले भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारती वीरगञ्जको पर्साबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।तर, प्रहरी स्रोतका अनुसार उनीहरू भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

उनीहरू लामो सयमदेखि नयाँ दिल्ली स्थित लाजपतमा बसेर मिर्गौला तस्करी गर्दै आएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । श्यामकृष्णले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेका छन् ।

Leave a Reply