लिपुलेकको भूमि मिचिएकोबारे चीन भ्रमणमा आवाज उठाउँछु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

लिपुलेकको भूमि मिचिएकोबारे चीन भ्रमणमा आवाज उठाउँछु : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउने बताउनुभएको हो ।

सञ्चारकर्मीहरुले लिपुलेक, लिम्यिाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिनुभयो ।

चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदै हुनुहुन्छ ।

Leave a Reply