काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताउनुभएकाे हाे ।
उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने बताउनुभयाे । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताउनुभयो । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताउनुभयो । संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभयो





