काठमाडौँ ।
अविरल वर्षाका कारण काठमाडौंको धापासीमा पहिरो खसेको छ । शुक्रबार ९भदौ ६०को अविरल वर्षाका कारण टोखा नगरपालिका–४, धापासी लाम्पाखा चाकेमा पहिरो खसेको हो ।पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।
पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ पोल ढाल्दा उक्त क्षेत्रमा शुक्रबारैदेखि विद्युत् आपूर्ति बन्द छ ।पहिरोसँगै रुख ढल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ ।
वडा कार्यालयले पार्क बनाएपछि लगाइएको पर्खाल भत्किएको स्थानीयवासी प्रताप खत्रीले बताए ।स्थानीयका अनुसार, उक्त पर्खाल केही दिनअघि चर्किएको थियो । तर, प्लास्टिक राखेर पर्खाल छोपिएको थियो । न्युज एजेन्सी नेपाल
ल्क्ष्द्यी




