काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । सिस्नुपानी नेपालको प्रस्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताउनुभएको हो ।
उहाँले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको बताउनुभयो । सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उहाँको भनाइ छ ।
आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको टिप्पणी गर्नुभयो । कर्णालीको लागि आफूले केही मानिसहरुले गर्नुभएको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको उहाँकाे जिकिर छ । ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइन सक्छ भन्दा उडाउनेहरु अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपाल बन्छ र बन्दै गरेको बताउनुभयाे ।





