उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ नगराैँ : सांसद भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ नगराैँ : सांसद भट्टराई

काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले उपसभामुख इन्दिरा रानामगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पिए नेपाल समेत बालबालिका ओसारपोसार संलग्न रहेको भनि जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले उपसभामुखको अविश्वासको प्रस्तावलाई संवैधानिक परिषद्को बहुमतसँग जोड्न आवश्यक नभएको बताउनुभयो । उहाँले उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ गरेर विषयान्तर गर्ने कार्य गलत भएको बताउनुभयो ।

उहाँले उपसभामुखको विदेश भ्रमण समेत संकस्पद रहेको बताउनुभयो । १७ पटक विदेश भ्रमण गर्दा सभामुखसँग ७ पटक मात्र स्वीकृत गरेर विदेश भ्रमण गरेको उल्लेख गर्दै यो विषयमा पनि छानविन आवश्यक रहेको बताउनुभयो ।

 

Leave a Reply