उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर

काठमाडौँ ।

सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन्।
त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् ।आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो । यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।सरकारका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले आ–आफ्ना दलको आकस्मिक बैठक बोलाएको चर्चा चलेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले सचेततापूर्वक विरोध गर्ने तयारी गरेको छ ।

 

 

Leave a Reply