अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

woman

काठमाडौं,२४ माघ । मानव तस्करहरुले अवैधानिक रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार हाउसमेडका रुपमा साउदी अरब पुर्याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो । समाचारमा लेखिएको छ, हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन ।कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कोम कार्कीले खबर लेखेका छन् ।आजको कान्तिपुरको चौथो पृष्ठमा यो खबर छापिएको छ ।

ताजा समाचार