काठमाडौं । दुई दिने निःशुल्क मेहेन्दी लगाउने तालिम शुरु भएको छ । मधेशी महिला समाज नेपालद्वारा बुधबारदेखि अनुपम फुटल्यान्डमा मेहेन्दी लगाउने तालिम शुरु भएको हो ।
प्रार्थना गर्ने ओठभन्दा काममा समर्पित हातहरु पवित्र हुन्छन् भन्ने नारासहित तालिमको सुरुवात गरिएको छ । मधेशी महिला समाज नेपालकी अध्यक्ष कञ्चन चौधरीले पछाडि परेका मधेशी महिलाहरुलाई सिप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । सिप सिकाइलाई श्रम र रोजगारसँग जोडने उहाँको भनाइ छ ।
२५ जना महिलाको सहभागिता रहेको तालिम बुधबार चल्ने आयोजकले जनाएको छ ।






