अनिल झाले छाडे लोसपा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

अनिल झाले छाडे लोसपा

काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको बताइएको छ ।

लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए ।पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको बताइएको छ । झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

Leave a Reply