काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार बिहान शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेट्नुभएको हो ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू एलएलडिसीको तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको छ । यस्तै, समसामयिक विषयहरूमा समेत भेटवार्तामा कुराकानी भएको सचिवालयले जनाएको छ ।





