प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस हुँदैन : कानुनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस हुँदैन : कानुनमन्त्री

काठमाडौँ ।
प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री चौरसियाले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’
सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिँदै त्यस्तो बताएका हुन् ।

 

Leave a Reply