१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन् : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन् : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताउनुभएको छ ।  आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उहाँको भनाइ छ । आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महशुस गरेर अहिले शहीद,बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताउनुभयो ।

शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महशुस भएको पनि बताउनुभयो । प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताउनुभयो ।

 

Leave a Reply