पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको सङ्ख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको सङ्ख्या बढ्दै

काठमाडाैं । नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भइ व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो ।

लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेकोे राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हुँदै देशमा उद्योग व्यपारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशले वृद्धि भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिलो आर्थिक वर्षमा उद्योगतर्फ आठ सय ९७ वटा र वाणिज्य तर्फ पाँच सय १५ वटा गरी एक हजार चार सय १२ वटा नयाँ उद्योग दर्ता भएको तुलनामा गत आवमा उद्योगतर्फ नाै सय ६३ वटा र वाणिज्यतर्फ सात सय ५८ वटा नयाँ उदोग दर्ता भएका छन् ।

समीक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात तीन सय नाैवटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियारले जानकारी दिनुभयो । उहाँले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यपारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताउनुभयो ।

पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेको उद्योगको नविकरण गरउनेको संख्यामा समेत ३७ प्रतिशले वृद्धि भएको छ । अघिलो आर्थिक वर्षमा २ हजार १ सय ९२ वटा उद्योगले नविकरण गराएको तुलनामा गत आवमा नविकरण गराउने संख्या दुई हजार नाै सय ९० पुगेकोे प्रमुख पञ्जियारले बताउनुभयो ।

नयाँ उद्योग दर्ता र नविकरण गरउनेको संख्यामा वृद्धि देखिएपनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या समेत उच्चरहेको प्रमुख पञ्जियारले जानकारी दिनुभयो उहाँले अघिलो आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको संख्या चार सय १३ रहेको तुलनामा गत आवमा उक्त संख्या चार सय ६५ पुगेको बताउनुभयो ।

समीक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । अघिलो आर्थिक वर्षमा दर्ता भएको उद्योगले तीन हजार नाै सय ४१ जना महिला र पुरुषलाई रोजगारी प्रदना गरेका तुलनामा गत आवमा दर्ता भएका उद्योगले दुई हजार आठ सय ९८ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पञ्जियारले जानकारी दिनुभयो ।

Leave a Reply