उद्यमशीलतामा ४ महिनामै पौने २ अर्ब लगानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उद्यमशीलतामा ४ महिनामै पौने २ अर्ब लगानी

gharelu tatha sana uddhog

काठमाडौं, ६ मंसिर । चितवनमा यो वर्ष ७ सय ५१ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । साउनदेखि कार्तिकसम्मको यो आकडा निकै उत्साहजनक देखिएको छ । यो वर्षमात्रै १ अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थपिएको छ । गत वर्षमा ३ अर्ब ९९ करोड ७४ लाख ६ हजार पुँजी लगानी थपिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार गत वर्षमा १ हजार ६ सय ८८ नयाँ दर्ता भएका थिए ।

“४ महिनामा दर्ता हुने दर सन्तोषजनक देखिएको छ”, कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले भने, “दिनहुँ कार्यालयमा भीड हुन्छ ।” उनका अनुसार कृषि तथा वनतर्फका लघु उद्यम धेरै दर्ता प्रक्रियामा आएका छन् । कृषि तथा वनतर्फ लघुउद्यम ३ सय ४३, घरेलु उद्योग ३, साना उद्योग ६० वटा सहित लु ल ४ सय ७ दर्ता भएका छन् । पर्यटनतर्फ १ सय २४, उत्पादनमुलकका १ सय १८, सेवामुलक १ सय, सूचना, प्रसारणतर्फ १ दर्ता भएका छन् ।

“स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण बन्दै गएको छ”, उनी भन्छन्, “लगानी पनि बढेको छ ।” चितवनमा हालसम्म १२ हजार ३६ वा घरेलु तथा साना उद्योग छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);