बागमती प्रदेश : प्रदेश प्रमुख लामा बिरामी, नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

बागमती प्रदेश : प्रदेश प्रमुख लामा बिरामी, नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित

काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ फेरि रोकिएको छ । प्रदेशप्रमुख बिरामी परेको कारण देखाउँदै मन्त्रीहरूको शपथ रोकिएको हो ।

यसअघि प्रदेश प्रमुख कार्यालयले बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो दिउँसो १ बजेका लागि तय गरेपनि आज (बिहीबार) पुनः विज्ञप्ति निकालेर कार्यालयले शपथको कार्यक्रम अनिश्चितकालका लागि रोकिएको जनाएको छ।

विज्ञप्तिमा प्रदेशप्रमुख स्वास्थ्यमा अकस्मात समस्या आई उपचारका लागि काठमाडौं प्रस्थान गरेको उल्लेख छ । मुख्यमन्त्री लामाले रिक्त पाँच मन्त्रालय मध्ये तीनवटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो ।

यसबीचमा मुख्यमन्त्री बहादुर सिंह लामाले काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाइसक्नु भएको छ ।

बुधबार नै भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ वागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता निर्वाचित भइसक्नु भएको छ ।

बुधबार नै हुने भनिएको मन्त्रीहरूको शपथ ग्रहण रोकिएको थियो। कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएपछि मन्त्रीहरूको शपथ आज बिहानका लागि तय गरिएको थियो ।

Leave a Reply