रूसमा ८.८ म्याग्निच्युडको महाभूकम्प, अमेरिका र जापानसहित कयौँ देशमा असर | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

रूसमा ८.८ म्याग्निच्युडको महाभूकम्प, अमेरिका र जापानसहित कयौँ देशमा असर

काठमाडाैं । रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा बुधबार बिहान ८.८ म्याग्निच्युडको महाभूकम्प आएको छ । जमिनको सतहदेखि १९.३ किलोमिटर गहिराइ केन्द्र रहेको यो भूकम्प विश्वकै छैटौँ सबैभन्दा ठुलाे भूकम्पमध्ये एक रहेको अन्तरार्ष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

भूकम्पपछि तटीय क्षेत्र कामचाट्कामा तीन मिटरभन्दा अग्लो सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको खबरमा उल्लेख छ । कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत अनुसार भूकम्प दशकौँ यताकै सबैभन्दा शक्तिशाली भएको बताउनुभएको छ ।

भूकम्पपछि आएको सुनामीका कारण जापानमा पनि असर परेको छ । जापानको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन् । जापान सरकारले लगभग २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ ।

यस्तै, अमेरिकाको हवाईस्थित हनाली खाडीमा पानीको सतह एक्कासि घट्न थालेको छ, जुन सुनामी आउनुअघि देखिने संकेत हो । इक्वाडोर र रूसको तटीय इलाकामा तीन मिटरसम्म अग्ला लहरको चेतावनी जारी गरिएको छ।

पेरु, इक्वाडोर र चीनका तटीय क्षेत्रहरूमा पनि सतर्कता जारी गरिएको छ । अष्ट्रेलिया, मेक्सिको, न्यूजील्याण्ड, टोङ्गा, ताइवान लगायतका देशहरूमा एक मिटर अग्ला लहरहरू आउने सम्भावना छ ।

अहिले जापानको होक्काइडो, कानागावा, वाकायामा लगायतका क्षेत्रमा सर्वाधिक असर देखिएको छ। सुनामीका कारण फेरी सेवा र हवाइ यातायातमा बाधा पुगेको छ। टोकियो नजिकैको सेनदाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

Leave a Reply