धनुषामा खुकुरी प्रहारी गरी बालिकाको हत्या, दुईजना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

धनुषामा खुकुरी प्रहारी गरी बालिकाको हत्या, दुईजना घाइते

काठमाडौँ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ । दुईजना घाइते छन् ।
कटैयाचौरी भन्ने स्थाननजिकको उक्त घटनामा बटेश्वर गाउँपालिका–५, शान्तिपुरका दिनेशकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा घाइते छन् । उनीहरूलाई उपचारका निम्ति प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार, सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्दै आएका धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार ९साउन १२० राति ती तीनैजनामाथि खुकुरी प्रहार गरेका थिए ।

आशाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । राधाको दाहिने घुँडा र हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र अभियुक्तको खोजी जारी रहेको जानकारी दिए ।

Leave a Reply