त्रिविले बढाएकाे शुल्क तत्काल घटाउन अखिल क्रान्तिकारीकाे माग | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

त्रिविले बढाएकाे शुल्क तत्काल घटाउन अखिल क्रान्तिकारीकाे माग

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा समायोजन गरिएका चारवटा विभागले अत्यधिक शुल्क लिएको भन्दै विद्यार्थी संगठनले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) ले विभागले वृद्धि गरिएको शुल्क तत्काल घटाउन माग गरेको छ ।

नेपालको सबैभन्दा पुरानो र ठूलो शैक्षिक संस्थाको नाम लिँदा त्रिभुवन विश्वविद्यालय सबैको मुखमा आउँछ । तर यसको अर्काे परिचय पनि छ, समस्या उत्पादन गर्ने कारखाना । शिक्षा दिने संस्थानमा यस्तो गैरजिम्मेबार शैली हुनु आफंमा लज्जास्पद कुरा हो । वर्षौदेखि सुधारको अपेक्षा बोकेको यो विश्व विद्यालय अहिले पनि उही पुरानो गतिमा नै दैडिरहेको छ । त्रिभुवन विश्वविद्यालय सधैँ विधार्थीका समस्याको मूल स्रोत बनेको छ ।

परीक्षा समयमा नहुने, परीक्षाफल पनि समयमा ननिस्कने प्रशासनिक कामकाज अस्तव्यस्ता जस्ता काम त त्रिविको नियति नै बनेको छ । यति धेरै समस्या हुँदाहुँदै पनि त्रिवि फेरि विवादमा परेको छ । विधार्थी संगठन अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले चार विभागहरुमा अध्ययनरत विद्यार्थीहरुबाट अस्वभाविक रुपमा शुल्क असुलेका कारण आन्दोलनमा उत्रिनु परेको बताए । उनीहरुले विश्वविद्यालय प्रशासनलाई तुरुन्त शुल्क पुनरावलोकन गर्न र शुल्क शोषण अन्त्य गर्न चेतावनी दिएका छन् । माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरुको चेतावनी छ ।

अब प्रश्न उठ्छ कति समय अझै यसतै कमजोरीहरुमा अल्झिरहने ? सुधार कहिले हुन्छ ? विद्यार्थीहरुको आक्रोश यही मौन विश्वविद्यालय प्रशासनप्रति हो, जसले समस्यालाई समस्या नै मानिरहेको छैन । त्रिभुवन विश्वविद्यालयले समयमै सचेत भएन भने सार्वजनिक शिक्षाप्रति आमजनताको विश्वास खस्किदै जान सक्नेछ । समस्या बुझेर मात्रै हुँदैन त्यसको समाधानतर्फ अग्रसर हुनु आवश्यक छ ।

Leave a Reply

ताजा समाचार