वातावरणमैत्री सडक संरचना निर्माण सरकारकाे प्राथमिकता : मन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

वातावरणमैत्री सडक संरचना निर्माण सरकारकाे प्राथमिकता : मन्त्री दाहाल

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनुभएको छ ।

पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै उहाँले  संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरु लागिरहेको बताउनुभएकाे हाे।

ठाउँ-ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको उहाँकाे भनाइ छ। एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि बताउनुभयो । उहाँले कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिनसक्ने अवस्था समेत नरहेको बताउनुभयो ।

मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको बताउनुभयो ।

Leave a Reply