घुष लिएको छैन, मेराे चरित्र हत्या गर्न खोजियो : भूमि मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

घुष लिएको छैन, मेराे चरित्र हत्या गर्न खोजियो : भूमि मन्त्री अधिकारी

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा एक सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुष लिएकोबारे सार्वजनि अडियो आफूसँग सम्बन्धित नभएको स्पष्टिकरण दिनुभएको छ ।  बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गर्नुभएको हो ।

मन्त्री अधिकारीले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुष नलिएको जिकिर गर्नुभयो । उहाँले विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि चरित्र हत्या गरिएको जिकिर गर्नुभयो । उहाँले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नको लागि मन्त्रालय आएपनि आफूले अस्वीकार गरेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीमाथि पोखरामा एक सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुष लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो । मन्त्री अधिकारीलाई छोरामार्फत् ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ ।

यसअघि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम पोल्नुभएको थियो ।

Leave a Reply