प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड दिन्छु : मन्त्री न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड दिन्छु : मन्त्री न्यौपाने

एजेन्सी । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ । मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो प्राथमिकताबारे बताउनुभएको हो ।

मन्त्री न्याैपानेले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताउनुभयो । कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गर्नुभयो । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

मन्त्री न्यौपानेले जनतालाई आभाष हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो ।

Leave a Reply