प्राविधिक शिक्षा अध्ययन भर्ना प्रक्रिया शुरु नभएकाेप्रति सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

प्राविधिक शिक्षा अध्ययन भर्ना प्रक्रिया शुरु नभएकाेप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चले सिटिइभिटीअन्तर्गत स्वास्थ्य विषयको भर्ना प्रक्रिया समयमै शुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एसईईको नतिजा प्रकाशन भएको तीन साता बितिसक्दा पनि सिटिइभिटीले भर्ना प्रक्रिया शुरु नगरेपछि मञ्चले सरकार तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको हो ।

मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा २०औँ वर्षदेखि सञ्चालनमा रहेका तथा आगामी वर्षका लागि नवीकरणसमेत भइसकेका सम्बन्धित शिक्षालयहरुले भर्ना प्रक्रिया शुरु नगर्दा विद्यार्थी तथा अभिभावकमा अन्योलको अवस्था सिर्जना भएको बताइएको छ ।

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउन सिटिइभिटी नै बाधक बनेको आरोप मञ्चले लगाएको छ ।

विद्यमान ऐन, नियम पालना गरी सञ्चालनमा रहेका शिक्षालयहरुमा हालसम्म भर्ना प्रक्रिया सुचारु नहुनु दुर्भाग्य भएको भन्दै मञ्चले तत्काल भर्ना प्रक्रिय शुरू गर्न माग गरेकाे छ ।

Leave a Reply