सरकारी कर्मचारीले समर्पित भएर काम नगरेकाे मन्त्री पाण्डेकाे गुनासाे | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

सरकारी कर्मचारीले समर्पित भएर काम नगरेकाे मन्त्री पाण्डेकाे गुनासाे

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताउनुभएको छ ।  शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरुलै उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सांसदहरुले निजी एयरलाइन्सहरुले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको बताउनुभयो ।

सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको बताउँदै उहाँले सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको बताउनुभयाे ।

मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको बताउनुभयो । आवश्यकताभन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार