नेप्से परिसूचक दुई हजार सात सय पाँच बिन्दुमा, नाै अर्ब ६४ कराेडकाे काराेबार | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नेप्से परिसूचक दुई हजार सात सय पाँच बिन्दुमा, नाै अर्ब ६४ कराेडकाे काराेबार

काठमाडाैं । शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।

बिहीबार होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल फाइनान्स समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । कारोबार रकम भने बुधबारकाे तुलनामा केही घटेको छ ।

बुधबार नौ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार तीन सय ११ वटा कम्पनीका दुई करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply