नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने उपप्रधानमन्त्री सिंहकाे टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने उपप्रधानमन्त्री सिंहकाे टिप्पणी

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उपप्रधानमन्त्री सिंहले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरुलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरुले केही गर्न नसक्ने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस जनताबाट पटक–पटक परीक्षण भएर आएको पार्टी रहेको बताउनुभयो । उनीहरुले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उहाँको भनाइ छ ।

काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै सन्तोषको शास फेर्न सकिने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

 

Leave a Reply