'इरानसँगको युद्धबाट अमेरिकाले केही प्राप्ति गर्दैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

‘इरानसँगको युद्धबाट अमेरिकाले केही प्राप्ति गर्दैन’

एजेन्सी । इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताउनुभएको छ । उहाँले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिनुभयो ।

इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न सफल भएको बताउनुभयो । इजरायललाई इरान विरुद्धको कुनैपनि आक्रमण भारी महँगो हुनेकुरा इजरायललाई राम्रोसँग जानकारी रहेको बताउनुभयो ।

१२ दिनको युद्धपछि इरान र इजरायलबीच मंगलबार युद्धविराम भएको छ ।

Leave a Reply