शेयर बजार ३.९० अङ्कले घट्यो, कारोबार ७ अर्ब ६५ करोडमा सीमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

शेयर बजार ३.९० अङ्कले घट्यो, कारोबार ७ अर्ब ६५ करोडमा सीमित

काठमाडाैं । आज(मंगलबार) जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको हाे ।

समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो (साेमबार) १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्ज नेप्सेले जनाएकाे छ ।

Leave a Reply