शेयर बजार १४.५३ अङ्कले घट्यो, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

शेयर बजार १४.५३ अङ्कले घट्यो, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार

२०८२,१,१५

हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५३ अङ्घले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको छ । आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८७ करोडको कारोबार भएकोमा ३ सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply