सुनको भाउ १४ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

सुनको भाउ १४ सय रुपैयाँले घट्यो

२०८२,१,१५

आज सुनको भाउ घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ९० रुपैयाँ थियो ।

Leave a Reply