पहिराेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

पहिराेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडाैं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज(मंगलबार) मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टाभन्दा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

साँभझसम्म सडक सुचारू हुने निरीक्षक सिंहले जानकारी दिनुभयाे ।

Leave a Reply