जेठ ३० शुक्रबार ।
थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान ब्क्ष्(घठढ लाई आपतकालीन अवतरण गरिएको छ। बमको धम्की आएपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आपतकालीन अवतरण गरिएको हो।उक्त घटनाले यात्रु र विमानस्थलका अधिकारीहरूमा त्रास सिर्जना गरेको थियो। जहाजमा १५६ यात्रु सवार थिए। जहाज उडान भरेपछि बमको धम्की आएको थियो।थाइल्याण्डको विमानस्थलका एक अधिकारीले विमानलाई सुरक्षित अवतरण गरिएको र आपतकालीन प्रोटोकलअन्तर्गत यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको बताए।समाचार एजेन्सी रोयटर्सका अनुसार,उडान ब्क्ष्(घठढले फुकेट विमानस्थलबाट दिल्लीका लागि बिहान ९स्३० बजे ९थाइल्याण्डको समय० उडान भरेको थियो। तर, उडेको केही समयपछि बमको धम्की आएको खबर आयो,त्यसपछि पाइलटले आकाशमै चक्कर लगाएर विमानलाई फुकेटमा अवतरण गराएका हुन्।
फ्लाइटराडार २४ को तथ्याङ्क अनुसार, विमानले अण्डमान सागरमाथि ठूलो घेरा बनाएर फेरि फुकेट फर्किएको थियो। ब्इत् ले बमको धम्की बारेमा कुनै जानकारी दिएको छैन।बिहीबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको थियो । जसमा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमान मेडिकल कलेजको होस्टेलमा खसेको थियो।
इन्डियाको विमानमा बमको धम्कीपछि थाइल्याण्डमा आपतकालीन अवतरण
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१० घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
११ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१२ घन्टा अघि




