अमेरिकाको लस एन्जलसमा रात्रिकालीन कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

अमेरिकाको लस एन्जलसमा रात्रिकालीन कर्फ्यु

जेठ २८ बुधबार ।
अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा रात्रिकालीन कर्फ्यु घोषणा भएको छ । अवैध आप्रवासीहरूमाथि छापा मार्ने विरोधमा भएको प्रदर्शनका क्रममा लुटपाट र हिंसा भएपछि लस एन्जलसकी मेयर करेन बासले शहरका केही भागहरूमा कर्फ्यु घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।स्थानीय समय अनुसार राति ८ बजेदेखि शुरू भएको कर्फ्यु बिहान ६ बजेसम्म जारी रहने छ ।

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले शहरमा बढ्दो अशान्तिपछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको बताएका खबरमा उल्लेख छ ।कर्फ्युको अवज्ञा गर्नेलाई पक्राउ गरिने उहाँले चेतावनी दिनुभयो । प्रहरीका अनुसार विरोध प्रदर्शनका क्रममा अहिलेसम्म झन्डै दुई सय जना पक्राउ परेका छन् ।

यसैबीच टेलिभिजन सम्बोधनका क्रममा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसको अवस्था भड्काएको भन्दै आलोचना गर्नुभएको छ ।

राष्ट्रपतिको शक्तिको दुरुपयोगले यो अवस्था निम्तिएको उन्ले बताए ।यसअघि ट्रम्पले विरोध प्रदर्शनलाई शान्ति र सार्वजनिक व्यवस्थामाथि आक्रमणका रूपमा व्याख्या गर्दै शहरमा थप सेना तैनाथ गर्ने कुरा बताएका थिए ।
विरोध प्रदर्शन अमेरिकाका अन्य शहरहरूमा फैलिएको छ । विरोध प्रदर्शनका क्रममा न्युयोर्कमा धेरै जना पक्राउ परेका खबरमा उल्लेख छ ।

Leave a Reply