आवश्यक तयारी गर्न सरकारसँग कांग्रेस सभापति देउवाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

आवश्यक तयारी गर्न सरकारसँग कांग्रेस सभापति देउवाको आग्रह

२०८२,२,१८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुु भएको हो । उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्नुभयो ।
उनले अब नेपाललाई विकास निर्माण नभइ दिगो विकास निर्माण चाहिएको उल्लेख गरे। बच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको बताउनुुभयो ।

सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरूमा गम्भीर असर पु¥याएको बताए। यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गर्नुभयो ।

Leave a Reply

ताजा समाचार