राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गर्ने

२०८२,२,१७
सरकारले नारायणहिटी संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गर्ने भएका छन्। शनिबार बिहान राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले शान्तिवाटिकामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुुभयो । राजावादीहरूले शनिबार नारायणहिटी संग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारी थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरेसँगै शान्तिवाटिका मोडिएका हुन्।

१५ जेठदेखि निरन्तर आन्दोलनमा रहेका राजावादीहरूले शनिबार माइतीघर–बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका थिए। गत फागुन २५ गतेपछि पहिलोपटक उत्साहजनक समर्थन पाएको बुझेका उनीहरुले गणतन्त्रवादीमाथि थप दबाब बढाउने नीति लिएका छन्।

Leave a Reply