हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना नगर्न ट्रम्पको आदेश | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना नगर्न ट्रम्पको आदेश

जेठ ०९ शुक्रबार ।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको हो ।सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण विश्वकै प्रतिष्ठित मानिएको विश्वविद्यालयलाई कडा कारबाही स्वरुप यो निर्णय गरिएको बीबीसीले जनाएका छन् ।

यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न नपाउने भएको छ ।यस्तै एक विश्वविद्यालयबाट अर्कोमा स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्ने भएको अमेरिकी गृह सुरक्षा विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो कदमले हार्भर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई झनै चर्काएको छ ।ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

 

Leave a Reply