संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको बैठक बस्दै

काठमाडौं, २० माघ । प्रदेश नं. २ को मुख्यमन्त्री, सभामुख लगायतका पदहरुको प्याकेजमै टुंगो लगाउन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको बैठक बस्दै छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्वर दुईमा संयुक्त सरकार गठनको गृहकार्य थालेका हुन् । आजको बैठकले दुई नम्वर प्रदेशको मुख्यमन्त्री, सभामुख, उपसभामुख र समितिको सभापतिहरुको भागवण्डा मिलाउने बताइएको छ । संयुक्त बैठक अघि दुवै दलको शीर्ष नेता सहित संसदीय दलको बैठक बस्ने छ ।

राजपा नेपालको जनकपुरस्थित सीतासरण होटेल र फोरमको जनकपुरको पीडारीचोकमा रहेको प्रदेश पार्टी कार्यालयमा बैठक बस्दै छ । बैठकमा भोलि हुने प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक एवं अधिवेशनमा के–के एजेण्डासहित प्रस्तुत हुने विषयमा छलफल गरी निर्णय हुने दुवै दलका नेताहरुले जनाएका छन् । राजपाले बैठकबाट संसदीय दलको नेता, सचेतक छान्ने र अनुशासन कार्य विधिको विषयमा पनि निर्णय लिने प्रदेश सांसद प्रमेश्वर साहले जानकारी दिए ।

प्रदेश नं. २ मा सरकार बनाउन फोरम र राजपा मिलेर अघि बढ्ने सहमति भइरहेकाले पहिलो बैठकमा सभामुख र उपसभामुखको विषयमा पनि दुवै दलले शनिबार नै टुंगो लगाउने फोरमका प्रदेश सांसद ज्ञानेन्द्र यादवले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);