२०८२,१,२३
राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुु भएको छ । मंगलबार् काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुुभएको हो । उहाले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको बताउनुुभयो ।
त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर उहाको भनाई छ । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाको सुुझाव छ। संविधानले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्दै नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तर बढाउनुपर्नेमा उहाको जोड छ ।
राष्ट्रपति पौडेलले भने, ‘स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ। हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताए। साथै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताए।




