२०८२,१,८
संघीय संसद्का तीन समितिको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो। राज्यव्यवस्था तथा सुशासन समितिको समितिको बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ । बैठक दिउँसो पौने १ बजे बस्ने तय भएको छ।
विधायन व्यवस्थापन समितिको पनि दिउँसो १ बजे बैठक बस्दैछ । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ।




