दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्काविरुद्ध अनुसन्धान गर्न १२ दिन हिरासतमा राख्न अदालतको अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८१, शुक्रबार

दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्काविरुद्ध अनुसन्धान गर्न १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत २९ शुक्रबार ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);